News Details

Nepal Re-Insurance in Karobar Dainik

1412

2022-06-12 18:12:44

Published in Karobar Dainik (5th April, 2017)
Source: http://www.karobardaily.com/news/75681

काठमाडौ, लामो समय देखि पुनर्बिमाबापत मुलुकबाट ठूलो परिमाणमा रकम बाहिरिने गरे पनि नेपाल पुनर्बिमा कम्पनीले भने नेपालमै यसबापत रकम भित्राउन थालेको छ ।

पुनर्बिमा कम्पनीले वार्षिक १५ करोड रुपैयाँ नेपाल भित्राएको छ । कम्पनीले चालू आर्थिक वर्षमा विश्वका विभिन्न ११ मुलुकका विमा कम्पनी र तीन पुनर्बिमा कम्पनीको पुनर्बिमा गरेर रकम भित्राउन थालेको हो ।

चालू आवमा कम्पनीले बंगलादेश, भुटान, कम्बोडिया, इथियोपिया, यूएई, बहराइन, भियतनाम, पपुवान्यूगिनी, जिम्बावे, केन्यालगायतका मुलुकमा व्यवसाय विस्तार गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायू भण्डारीले जानकारी दिए ।

उनका अनुसार कम्पनीले उक्त मुलुकका २१ बिमा कम्पनीहरूसँग जोखिमअनुसार सम्झौताको पुनर्बिमा (ट्रिटी रि इन्स्योरेन्स) र ऐच्छिक पुनर्बिमा (फ्याकल्टेटिभ रि इन्स्योरेन्स) गरेको छ । जसमध्ये बंगलादेशका ९, भुटानका ३ र अन्य मुलुकका एक÷एक वटा बिमा कम्पनीहरू रहेका छन् ।

यस्तै, कम्पनीले मुलुकबाहिरका पुनर्बिमा कम्पनीको पनि पुनर्बिमा (रेट्रोसेसन) गरेको छ । जीआईसी रि (भुटान), केन्या रि कर्पोरेसन (केन्या) र एफएम रि प्रोपर्टी एण्ड कजल्टी (जिम्बावे)सँग कम्पनीले रेट्रोसेसन सम्झौता गरेको हो । गत आर्थिक वर्षसम्मममा कम्पनीले अफगानिस्तान र भुटानका बिमा कम्पनीहरूको मात्रै पुनर्बिमा गराएको थियो ।

कम्पनीले जेबी बोडा, यूआईबी, रिस्क केयर, एलायन्स, भुटान रि, इण्डिया एस्योरो लगायतका ब्रोकर कम्पनीमार्फत पुनर्बिमा गराउँदै आएको छ । त्यस्तै, कम्पनीले भारत, मलेसिया, भुटान, बहराईन, सिंगापुर, मलेसिया, केन्या, हङकङ, वेस्ट इण्डिज, थाइल्याण्ड, भियतनामलगायतका मुलुकका पुनर्बिमाको पनि पुनर्बिमा (रेट्रोरेसन) गर्दै आएको छ ।

यस्तै, कम्पनीले जोखिम धारण गर्ने क्षमता पनि वृद्धि गरेको छ । हाल कम्पनीले ९० करोड रुपैयाँसम्मको जोखिम लिनसक्ने क्षमता बृद्धि गरेको छ । गत आवसम्ममा भने कम्पनीको यो क्षमता अधिकतम २२ करोड रुपैयाँसम्म मात्रै रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए । तर, कम्पनीले प्रत्येक घटनामा २ करोड रुपैयाँसम्म मात्रै भुक्तानी गर्छ ।

पुनर्बिमा गर्नको लागि पुनर्बिमा कम्पनीको रेटिङ गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास रहँदै आएको छ । तर, नेपाल पुनर्बिमा कम्पनीको भने हालसम्म रेटिङ भएको छैन । यद्यपि, कम्पनीले विभिन्न मुलुकमा पुनर्बिमाको व्यवसाय भने विस्तार गरेको छ ।

कम्पनीमा सरकारी लगानी भएकै कारण विदेशी बिमा कम्पनीहरूले विश्वास गरेको कम्पनीले बताएको छ । साथै अन्तराष्ट्रिय स्तरमा आफनो व्यवसाय विस्तार गर्न र विश्वसनीय बढाउन कम्पनीले रेटिङको प्रक्रिया समेत अगाडी बढाएको छ ।

बिमा कम्पनीहरूले स्वीकार गरेको जोखिमहरूमध्ये आफूले धारण गरेको जोखिमको हिस्साबाहेक बाँकी जोखिम अन्य बिमा कम्पनी÷पुनर्बिमा कम्पनीहरूलाई हस्तान्तरण गर्ने प्रक्रियालाई पुनर्बिमा भनिन्छ । पुनर्बिमाको पनि पुनर्बिमालाई रेट्रोरेसन भनिन्छ ।

कम्पनीहरूले आफनो आर्थिक अवस्था सवल राख्न, कार्य क्षमतालाई वृद्धि गर्न, दाबी परेको खण्डमा दाबी फछ्र्याैट गर्नसक्ने सहज अवस्थाको सिर्जना गर्न तथा लगानीको उचित व्यवस्था गरी आकर्षक प्रतिफल प्रदान गर्नको लागि पर्याप्त पुनर्बिमा व्यवस्था गर्नुपर्छ ।

  • news

    Chairman Retirement Information

    2024-08-07 10:33:32

    1107
    View Details
  • news

    Newly Appointed Chairman Mr. Ishwori Prasad Aryal took the oath of office and secrecy.

    2022-12-22 05:35:07

    2398
    View Details
  • news

    Highest Tax Payer FY 2077/78

    2022-11-24 03:23:38

    2269
    View Details
  • news

    Interview of Chairman Dr. Rabindra Ghimire.

    2022-06-12 18:34:49

    2507
    View Details
  • news

    Nepal Government’s honorable Prime Minister Mr. Sher Bahadur Deuwa’s best wish Message on the occasion of the Nepal Reinsurance Company Ltd.’s 8th Anniversary.

    2022-06-12 18:34:19

    2397
    View Details
Top