समाचार विवरण

पुनर्बीमा कम्पनीसँग आईएमई लाइफ इन्स्योरेन्सको सहमति

965

2022-06-16 17:09:57

२०७४-०४-२७ मा प्रकाशित

पुनर्बीमा कम्पनीसँग आईएमई लाइफ इन्स्योरेन्सको सहमति

काठमाडौं (अस) । नेपाल पुनर्बीमा कम्पनी र हालै स्थापित आईएमई लाइफ इन्स्योरेन्सबीच जीवन बीमाको पुनर्बीमा गर्नेसम्बन्धी सहमति भएको छ । बिहीवार आयोजित एक कार्यक्रमबीच पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आईएमई लाइफ इन्स्योरेन्सका महाप्रबन्धक राकेश पोखरेलले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । हालै नेपाल सरकारबाट स्वीकृति पाएका १० जीवन बीमा कम्पनीमध्ये पुनर्बीमा कम्पनीसँग जीवन बीमाको पुनर्बीमासम्बन्धी सहमति गर्ने आईएमई पहिलो इन्स्योरेन्स कम्पनी बनेको छ ।

Source: http://www.abhiyan.com.np/new/Articles/view/103048

Top